दफा
खोपका विषयमा जानकारी गराउनु पर्ने
: (१) खोप दिने व्यक्तिले खोप दिनु अघि खोप लिने व्यक्तिलाई मौखिक वा अन्य माध्यमबाट सो खोपको प्रकृति, फाइदा र सम्भावित असरका बारेमा जानकारी गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम खोप लिने व्यक्ति नावालक, अशक्त वा मानसिक रुपमा ठीक नभएमा खोप दिने व्यक्तिले सो उपदफा बमोजिमको जानकारी निजको संरक्षक वा अभिभावकलाई गराउनु पर्नेछ ।